close

ठेकेदारसँग कमिसन मागेको आरोपमा अख्तियारमा मुद्दा

ठेकेदारसँग कमिसन मागेको आरोपमा अख्तियारमा मुद्दा

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– बाँफिकोट गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पालिकाका अध्यक्ष जनक कुमार बाँठाले उपभोक्ता समिति, ठेकेदार र विभिन्न योजनाहरुको कमिसन माग्ने र कमिसन नदिएमा भुक्तानी नहुने भन्दै रकम माग्ने गरेपछि उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति ठेकेदार तथा उपभोक्ता समितिबाट रकम असुलेर भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गरेको छ । 

त्यसैले सो विषयमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र स्पष्टिकरण पठाउन पत्र लेखेको छ । पत्रमा लेखिएको छ, ‘अध्यक्ष बाँठाले योजनाहरुको, ठेकेदारहरु र उपभोक्ता समितिसँग रकम मागेको र रकम नदिए भुक्तानी प्रकृयामा ढिलासुस्ती गरि दुःख दिने गरेकोले आवश्यक कारबाही गरिपाऊँ भनि उजुरी परेकोले सात दिनभित्र सोको जानकारी गराउन अख्तियार कार्यालय सुर्खेतले प्रशासनलाई पत्र पठाएको छ ।’

सो विषयमा अध्यक्ष बाँठाविरुद्ध अख्तियारमा उजुर परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर ओलीले बताए । तर, आफुले पनि भर्खरै पत्र प्राप्त गरेकोले त्यस विषयमा थप जानकारी नभएको उनले बताए ।