close

स्वास्थ्य सामग्री अभावले २ महिनादेखि सेवा ठप्प

स्वास्थ्य सामग्री अभावले २ महिनादेखि सेवा ठप्प

Trulli
ADVERTISEMENT

रौतहट- फतुवाविजयपुर नगरपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ को लागि नगरसभा नभएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । चालु आव सुरु भएको चार महिना बित्न लाग्दा पनि नगरसभा नभएपछि स्वास्थ्य सेवा प्रभावित बनेको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रघुनाथ साहका अनुसार बजेट नभएपछि स्वास्थ्यको लागि आवश्यक सामग्री खरिद गर्न सकेको छैन । गत आवको मौज्दात सामग्रीबाट मात्रै स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गत आवमा नगरपालिकाले स्वास्थ्यको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गरिएको र केही स्टक रहेको उनले सुनाए । स्वास्थ्य सामग्री अभावले गत दुई महिनादेखि स्वास्थ्य सेवा ठप्प भएको उनले बताए । स्वास्थ्य सेवामा प्राथमिक उपचार, जिल्लाको समन्वयमा खोप कार्यक्रम तथा रोगबारे काउन्सिलिङको मात्रै कार्य भइरेको उनले सुनाए । 

उनका अनुसार नगरपालिकामा पाँच वटा स्वास्थ्य संस्था र तीन वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको उनले सुनाए । मधेश प्रदेशकाे स्थानीय तहमध्ये फतुवाबिजयपुर भ्रष्टाचारले सबैभन्दा पीछडिएकाे उनकाे आराेप छ ।