close

कृषक कार्ड नभएपछि नगरप्रहरीको फन्दामा

कृषक कार्ड नभएपछि नगरप्रहरीको फन्दामा

Trulli
ADVERTISEMENT

कैलाली - धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले दुई जना कृषकलाई नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर- १ स्थित त्रिनगर कृषि हाट बजारबाट कृषक कार्ड नभएका दुई जना कृषकलाई मंगलबार बिहान नगरप्रहरीले नियन्त्रणमा लिएको हो । 

उपमहानगरपालिकाको अनुसार पालिकाले थोक विक्रेतालाई नियमन गर्नको लागि कृषक कार्ड अनिवार्य गरेको थियो । तर कार्ड विना हाट बजारमा मनोमानी रुपमा विक्री गर्दै आएका  साहिल खान र सारुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरीले जनाएको छ । 

हाट बजारको गेटमा चेक गर्दा कृषक कार्ड नभएको र हाटबजार भित्र जवरजस्ती गई नगरप्रहरीलाई गाली गलौच गरेपछि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।