close

निर्माण कार्य गुणस्तरहीन भएपछि...

निर्माण कार्य गुणस्तरहीन भएपछि...

Trulli
ADVERTISEMENT

इलाम - रोङ गाउँपालिकाले वडा नम्बर ३ को शान्तिनिकेतन माध्यमिक विद्यालयको निर्माणाधीन पर्खाल भत्काएको छ । निर्माण कार्यमा गुणस्तर नभए पछि गाउँपालिकाले डोजरको प्रयोग गरी सो संरचना भत्काएको हो । 

गाउँपालिका प्राविधिक शाखाका इन्जिनियर मिलन गिरीका अनुसार सयाहांग निर्माण सेवा इलामले निर्माण गर्दै आएको कार्यमा मापदण्डभन्दा बढी ढुंगा प्रयोग गरेको पाइएपछि सो संरचना भत्काइएको हो । निर्माण कम्पनीले गुणस्तरहीन निर्माणको काम गरेको, कार्यालयको  निर्देशन पालाना नगरेको, ब्याकफिलिङ्ग गर्दा बाहिरी वाल ढल्केको र फुटेको पाइएपछि भत्काएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार निर्माणाधीनमध्ये ४४ मिटरमा वाल गुणस्तरहीन फेला परेको हो । करिब  ११ लाख भन्दा माथिको लागतको वाल भत्काउन लगाएर बनाउन लगाइएको उनले सुनाए।  

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले  गुणस्तरीय निर्माणमा रोङको अभियान अनरुप भत्काउन लगाएको बताए । आगामी दिनमा निर्माण व्यवसायी जिम्मेवार भएर काम गर्नसमेत उनको अनुरोध छ ।