close

मुख्यमन्त्री पौडेलले १० दिनमै जिते कोरोना

मुख्यमन्त्री पौडेलले १० दिनमै जिते कोरोना

Trulli
ADVERTISEMENT

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल १० दिनमै कोरोना संक्रमणमुक्त भएका छन् । ६ कात्तिकमा संक्रमण पुष्टि भएपछि काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा उपचाररत पौडेलले शनिबार कोरोनालाई जितेका हुन् ।

 

१५ कात्तिक शनिवार काभ्रेको धुलिखेलमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

 

मुख्यमन्त्री पौडेललाई १० दिनअघि हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


संक्रमण भएपछि निवासमै आइसोलेसनमा रहेका पौडेललाई ७ कात्तिकमा नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

 

मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती विजया पौडेल, १ सुरक्षाकर्मी, २ चालक र १ कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनकी श्रीमती पौडेलको पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ नै आएको प्रेस संयोजक दाहालले बताए । सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी भने आइसोलेसनमै छन् ।


कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि मुख्यमन्त्री पौडेलको गंगालालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आएको प्रेस संयोजक दाहालले जानकारी दिए । मधुमेहका बिरामी पौडेलको केही महिनाअघि गंगालालमै मुटुको शल्यक्रियासमेत गरिएको थियो ।