कैलाली - कैलालीको गौरीगंगा नगरपालिका-३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ताको कोरोना सक्रमणबाट मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । ६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताले जनाएको छ ।
शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।