धनुषा– जनकपुरधाम उपमहानगरका एक वडाध्यक्षले छठ पर्व अवसर पारेर एक सय महिलालाई सम्मान गर्दै साडी, ब्ल्याङकेटलगायत विभिन्न सामग्री वितरण गरेका छन् ।
जनकपुरधाम उपमहागर वडा–२ का वडाध्यक्ष शिवकुमार साहले निजी स्तरमा ७० महिलालाई मोबाइल सिम, ब्ल्याङकेट, साडी, स्यानिटाइजर, मास्क, मिठाई प्याकेटलगायतका सामग्री वितरण गरेका हुन् ।
‘वृद्ध र विधुवा महिलालाई प्रतिव्यक्ति तीन हजार मूल्य बराबरको सामग्री वितरण गरेको हुँ । ३० दलित महिलालाई छठ पूजाका निम्ति साडी सेटसहित छठ सामग्री वितरण गरें’, वडाध्यक्ष साहले भने ।
वडाध्यक्ष साहले छठ अवसरमा सोमबार उप–महानगरको वडा–२ स्थित वडाा कार्यालयमा वितरण गरेका हुन् । ‘प्रत्येक वर्षझंै यो वर्ष पनि व्यक्तिगत लगानीमा विपन्न, एकल र वृद्धलाई महिलालाई छठ पूजा अवसरमा सामग्री वितरण गर्दै आएको छु’, वडाध्यक्ष साहले भने ।
यसअघि पनि वडाका वृद्ध र एकल महिलालाई गत २०७४ मा बाबाधामलगायत भारतको सात तीर्थस्थल यात्राको फेरो लगाएको वडाध्यक्ष साह सुनाउँछन् ।
त्यस्तै, २०७५ मा पशुपतिनाथ, मनकामनालगायत स्थानमा तीनदिने धार्मिक यात्रा आफ्नै खर्चमा गराएको उनले बताए । ‘२०७६ मा पनि वडाभित्रका महिला र वृद्धवृद्धारुलाई साडी र कम्बल वितरण गरेको थिएँ’, उनले भने ।