close

संकटमा जनप्रतिनिधिको साथ : सांसदले ल्याए भिटिएम किटसहित स्वास्थ्य सामग्री 

संकटमा जनप्रतिनिधिको साथ : सांसदले ल्याए भिटिएम किटसहित स्वास्थ्य सामग्री 

Trulli
ADVERTISEMENT

ओखलढुंगा‌– संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले कोभिड– १९ संक्रमणको पिसिआर परीक्षण गर्न आवश्यक भिटिएम किटसहित स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय र कोभिड केयर सेन्टरलाई हस्तान्तरण गरेका छन् । 


जिल्लामा किट अभाव भएर परीक्षण रोकिने अवस्था आएपछि सांसद सुनुवारले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर भिटिएम किट, गाउन, स्यानिटाइजर, सजिर्कल मास्क, एन९५ मास्क, थर्मोमिटर पल्स अक्सिमिटरलगायत स्वास्थ्य सामग्री जिल्ला संकट व्यवस्थापन केन्द्रमार्फत स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् । 


जिल्लाको मागअनुसार विभागबाट सामग्री ल्याउनुका अतिरिक्त सांसद सुनुवारले थप मास्क तथा स्यानिटाइजर व्यक्तिगत पहलमा हस्तान्तरण गरे । सुरक्षा निकाय, कोरोना संक्रमण उच्च देखिएका स्थानीय तहसमेतलाई १० हजार मास्क तथा स्यानिटाइजर जिल्ला ल्याएर हस्तान्तरण गरेका हुन् । 


यसअघि पनि सुनुवारले स्थानीय तहलाई मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिसकेका छन् । जिल्लामा संक्रमण दर उच्च भए पनि परीक्षणको दायरा साँघुरो रहेकाले बढाउन थप किट ल्याउने पहल भइरहेको उनले जानकारी दिए । 


एन्टिजेन किट तथा पिसिआरका लागि भिटिएम स्वास्थ्य सेवा विभागलाई ताकेता गरेको उनले बताए । सोमबार २ सय भिटिएम हस्तान्तरण गरेर काठमाडौं फर्किएका सुनुवारले आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिइने र चाँडै परीक्षण किट उपलब्ध गराउने प्रतिबद्धता
जनाए । 


ओखलढुंगामा दैनिक संक्रमण बढिरहेको छ । समुदाय स्तरमै कोरोना देखिएपछि मोलुङ र चिशंखुगढी गाउँपालिकाका कार्यालय तथा केही वडा सिल गरिएका छन् । हालसम्म जिल्लामा ८९ कोरोना संक्रमित फेला परिसकेका छन् ।