close

शिवराजका स्वास्थ्यकर्मीको दैनिकी: जिउँदाेका डाक्टर, मरेपछि मलामी

शिवराजका स्वास्थ्यकर्मीको दैनिकी: जिउँदाेका डाक्टर, मरेपछि मलामी

Trulli
ADVERTISEMENT

कपिलवस्तु(शिवराज)-  कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना महाकारीको दोस्रो चरणमा हालसम्म ४ जनाले ज्यान गुमाए । नगरपालिकामा संक्रमण बढिरहेको छ । तर, नगरभित्रको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालको आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी भने २४ सै घन्टा कोरोना संक्रमितको उपचार खटिँदै आएको स्टाफ नर्स सिन्धु जिसी सुनाउँछिन् ।

 

आफूहरूले २४ घन्टै स्याहारसुसार गरेका संक्रमित बिरामीको निधनले मन भतभती पोल्ने गरेको उनी बताउँछिन् ।  संक्रमणका कारण मृत्यु भएकाहरूका आफन्तले शव उठाउन नमानेपछि त्यसलाई व्यवस्थापनदेखि घाटसम्म लैजाने काम स्वास्थ्यकर्मीले गर्दै आएको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालका आइसोलेसन प्रमुख डा. महेश गुप्ताले जानकारी दिए ।

 

आइलोसेनमा निधन भएकाहरूको शव व्यवस्थापनमा समेत घरपरिवारका आफन्तहरू अगाडि नसरेपछि शवलाई ¥यापिङ गर्ने, शव वाहनमा राख्ने काम पनि स्वास्थ्यकर्मीबाटै हुँदै आएको अहेव वसन्त देवकोटाले बताए । 

 

शिवराज नगरपालिकाको आइसोलेसनमा भर्ना भएकामध्ये १४ जनाले कोरोना जितेर घर फर्केका छन् भने नगरभित्र अहिलेसम्म संक्रमितको एन्टिजेन र पिसिआर गरिएको संख्या ५७५ छ । 

 

कोरोना भई निको हुनेको संख्या १२८ र हाल सक्रिय संक्रमित ४३० जना छन् । जिल्लाबाहिर उपचाररत ७ जना, शिवराजको आइसोलेसनमा उपचाररत ४ जना र होम आइसोलेसनमा ४२० जना रहेको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए । 

 

आइसोलेसनमा मृत्यु भएका ४ जना र शिवराजभित्र मृत्यु भएकाको संख्या १७ पुगेको उनको भनाइ छ । शिवराज आइसोलेसनमा अहेव प्रमोद पौडेल, स्टाफ नर्सद्वय कल्पना विक र सर्जिला पुनले सेवा दिइरहेका छन् ।