काभ्रे- नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको कोरोना रिपोर्ट पोजेटिभ आएपनि राष्ट्रिय सभाको सदस्यका लागि हेटौंडामा भएको मतादानमा सहभागि भएका छन् ।
मतदानमा सहभागि हुनु अगाडि अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने भएकाले नगरप्रमुख शर्माले गत मंगलबार परिक्षण गराएका थिए ।
बुधबार नै कोरोना रिपोर्ट पोजेटिभ आएपनि बिहीबार बिहानै हेटौंडा पुगेर सुरक्षित रुपमा मेयर शर्माले मतदान गरेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख शर्माको स्वास्थ्य अवस्था समान्य रहेको र हाल घरमै आईसोलेसनमा बसेको नगरप्रमुखका प्रेस सल्लाहकार विनोद बाबुले बताए ।