close

मेयर चिरिबाबुसँग पराजित एमालेका व्यञ्जनकार नै सर्वसम्मत उम्मेदवार

मेयर चिरिबाबुसँग पराजित एमालेका व्यञ्जनकार नै सर्वसम्मत उम्मेदवार

Trulli
ADVERTISEMENT

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।  शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।


उनका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ ।   व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । उनले भने, ‘यो दावीलाई महानगर कमिटी हुँदै केन्द्रिय कमिटीमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ ।’


व्यन्जनकार एमालेको केन्द्रिय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरिबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित भएका थिए ।