close

सुकुम्बासी समस्या समाधानमा तिलोत्तमाका मेयर खाँणको यस्तो प्रतिवद्धता

सुकुम्बासी समस्या समाधानमा तिलोत्तमाका मेयर खाँणको यस्तो प्रतिवद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकामा भूमि आयोगले भूमिहीन सुकुम्बासीको  जग्गा नापजाँचको काम सुरु गरेको छ । 

आयोगले तिलोत्तमा नगरपालिकामा वडा नं. १३ मा जग्गा नापजाँचको काम सुरु गरेको हो । 

आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने काम सुरु भएको र यस कार्यमा सहयोग गर्नका लागि नगरपालिका र स्वयम् भूमिहिन सुकुम्बासीहरुलाई समेत आग्रह गरे । 

उनले आयोगका कर्मचारीलाई पनि ऐन कानुनको परिधिभित्र रहेर काम गर्न निर्देशन दिए । 

भूमिहीन तथा सुकुम्बासी समस्या अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उनले सो लक्ष्य प्राप्तिका लागि आयोगले परिणाम देखिने गरी प्रतिवद्ध भएर काम गरेको दाबी गरे ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई नगरपालिकाले प्राथमिकता दिएको बताउँदै आयोगको काममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गरिने गर्ने र सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिका क्रियाशील रहने बताए ।

वडामा खटिने आयोगका कर्मचारीलाई सहयोग गर्न नगरप्रमुख खाँणले वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे ।

भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आयोगले अहिले रुपन्देहीका १० वटा पालिकामा काम भइरहेको र साउनको पहिलो सातादेखि देवदहमा पुर्जा वितरण हुने जानकारी दिए ।