close

अध्यक्ष हमालको मासिक भत्ता खारेज

अध्यक्ष हमालको मासिक भत्ता खारेज

Trulli
ADVERTISEMENT

काठमाडौँ । धनगढी नगर विकास समितिको बैठकले नगर विकास समितिका अध्यक्ष र सदस्य सचिवले पाउने मासिक भत्ता खारेज गरेको छ । 

'नगर विकास समितिको अध्यक्ष र सदस्य सचिवले पाउने भत्ता खारेज गर्ने निर्णय गरिएको छ, अध्यक्षमा मेयर र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत पदेन रहने व्यवस्था छ ।'  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पालिका खबरसँग भने । 

नगरविकास समितिको बिहीबारको बैठकको निर्णय अनुसार अध्यक्षले पाउने मासिक १५ हजार र सदस्य सचिवले पाउने मासिक ६ हजार भत्ता खारेज गरिएको हो । 

नगर विकास समितिका अध्यक्षसमेत रहेका हमालका अनुसार भत्ता खारेज गरी बचेको उक्त रकमलाई वृक्षारोपण र फोहोरमैला व्यवस्थापनमा खर्च गरिने छ ।