close

बिजुलीको तार तान्दै मेयर बुढाथोकी

बिजुलीको तार तान्दै मेयर बुढाथोकी

Trulli
ADVERTISEMENT

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख (मेयर) कमल बुढाथोकी विद्युतीकरणका लागि आफैं फिल्डमा खटिएर काम गरिरहेका छन् । 

मेयर बुढाथोकी बिजुलीका पोल गाड्ने र तार टाँग्ने काममा आफै खटिएका हुन् ।

हरिवन–११ बालुवाटारको सुकुम्वासी बस्तीमा बिजुलीका पोल गाड्ने र तार टाँग्ने काममा उनी सक्रिय रुपमा सहभागी भएका छन् । 

बुढाथोकीले स्थानीय तहको निर्वाचनका बेला मतदातासँग आफूले जिते सुकुम्वासी बस्तीमा बिजुली ल्याइदिने प्रतिवद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता पूरा गर्नको लागी उनी स्वयं फिल्डमा खटिएका हुन् ।

उक्त सुकुमवासी बस्तीमा करिब ९० परिवारको बस्दै आएका छन् ।

नगरपालिका कार्यालयको पहलमा बालुवाटारको सुकुम्वासी बस्तीमा विद्युत् प्राधिकरणले विद्युतीकरणको काम गरिरहेको छ । 

विद्युतीकरणको काममा प्राधिकरणका कर्मचारीसँगै स्थानीयले समेत श्रमदान गरिरहेका छन् ।