close

यस्ता छन्, हर्क साम्पाङले १०० दिनमा गरेका कामहरू

यस्ता छन्, हर्क साम्पाङले १०० दिनमा गरेका कामहरू

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकले सय दिने प्रगति सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफूले गरेकामा कामहरू सार्वजनिक गरेका हुन् । 
उनले सामाजिक सञ्जालमा लेखेअनुसार १०० दिनमा तपशिल अनुसारका काम गरेका छन् । 
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ! 
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें ! 
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !