close

अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाको अपिल

अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाको अपिल

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाले अव्यवस्थित तार हटाउन अपिल गरेको छ । नगरले एक सूचना जारी गरी सेवा  सम्बन्धित  सेवा प्रदायकसँग यस्तो अनुरोध गरेको हो । 

काठमाडौंमा नेपाल टेलिकम र इन्टरनेट र इन्टरनेट सेवा प्रदायक  स‌ंस्थाका तारबार यत्रतत्र छरिएका छन् । 

‘२०७९ असोज ७ गतेको समन्वयात्मक बैठक र कार्यपालिका बैठकको निर्णयानुसार भएको हुनाले सो अवधिभर इन्टरनेट सेवा केही समय अवरुद्ध हुन सक्ने व्यहोरा सबै सेवाग्राहीहरुमा अनुरोध गर्दछौं । अनावस्यक तारहरुले बिजुली सर्ट भई आगलागी हुने हुँदा सम्पूर्ण नगरबासीहरुलाई स्वच्छ र सफा नगर बनाउने  अभियानलाई पूर्ण साथ दिनुहुन समेत हार्दिक अपिल गर्दछौँ,’ नगरप्रमुख प्रकाश अधिकारीले भनेका छन् ।