close

अध्यक्षमाथि आक्रमणको प्रयास

अध्यक्षमाथि आक्रमणको प्रयास

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । आइतबार  राति गाउँपालिकाबाट घर फर्किँदै गर्दा  आफूमाथि आक्रमणको प्रयास भएको  अध्यक्ष यादवले पालिका खबरलाई बताए । 

उनले भने, ‘ म वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित आफ्नो घर फर्किँदै गर्दा १०/१२ जनाको समूहबाट आक्रमणको प्रयास भयो ।उनीहरूको आक्रमणबाट मसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको छ, उनले भने । 

आक्रमणका कारण आफू सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडी तोडफोड भएको उनले बताए । 

‘कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०/१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ ।