काठमाडौं । नवलपरासीकाे सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केन्द्रीय सरकारबाट आएको बजेट सदुपयोग गर्नसके पालिकाको विकासमा आमूल परिवर्तन हुने बताएका छन् ।
स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको भनी महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता भइरहेका बेला अध्यक्ष उपाध्ययले यस्तो बताएका हुन् ।
संघीय सरकारबाट स्थानीय तहमा समानीकरण, विशेष, ससर्त अनुदानलगायत शीर्षकमा पैसा जाने गर्छ ।
यसका अलावा स्थानीय तहले संविधानको धारा ६०, अनुसूची८ र अनुसूची ९मा उल्लेख व्यवस्था भएबमोजिम स्थानीय सञ्चित कोषमा रकम जम्मा हुन्छ ।
यस्तै, राष्ट्रिय वित्त आयोगबमोजिम पनि स्थानीय सरकारले राजस्व संकलन गर्छन् ।