close

गाउँपालिका अध्यक्षद्वारा विपन्नलाई दशैं खर्च

गाउँपालिका अध्यक्षद्वारा विपन्नलाई दशैं खर्च

Trulli
ADVERTISEMENT

मकवानपुर । दशैँ मनाउन  सहज होस् भन्दै मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गरेका छन् । 

उनले चार महिनाको तलब भत्ताबापत् प्राप्त गरेको रकमले विपन्नलाई खाद्यान्न सहयोग गरेका हुन् । मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग गरेको अध्यक्ष कालाखेतीले बताए ।

विपन्न परिवारलाई ३० किलो चामल, एक लिटर तेल र दालसहितको प्याकेट वितरण गरिएको छ ।