close

मतदाताले गरेको विश्वासलाई कामले प्रमाणित गर्नुपर्छ

मतदाताले गरेको विश्वासलाई कामले प्रमाणित गर्नुपर्छ

Trulli
ADVERTISEMENT

मकवानपुरको । मनहरि गाउँपालिका अध्यक्ष रञ्जन कलाखेतीले जनप्रतिनिधिको संख्यामा युवाको संख्या अधिक रहेको बताएका छन् । 

पालिका खबरसँगको कुराकानीका क्रममा उनले यसपालि मतदाताले युवालाई पत्याएको बताए । यसपालि पालिकामा युवा जनप्रतिनिधिको संख्या बढी छ । युवामाथि जनताले गरेको विश्वासलाई कायम राख्न राम्रा काम गर्नुपर्छ,’उनले भने । 

चुनावमा जुनसुकै पार्टीको नेता तथा कार्यकर्ता भए पनि निर्वाचित भएपछि कुनै पनि पार्टीको सदस्य नहुने र त्यसैअनुरूप काम गर्नुपर्ने उनको भनाइ छ ।  यस्तै, राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहस्वरूप पुरस्कार र जरिवाना गर्न आफू पछि नहट्ने उनले बताए । 

सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने तथा ढिलासुस्ती गर्ने अस्थायी कर्मचारीलाई मूल्याङ्कनका आधारमा हटाउने बताउँदै उनले अहिलेसम्म २ जनालाई हटाइसकेको बताए । 

महिनामा दुईपटक कर्मचारीसँग बैठक बसेर गुनासो सुन्ने, प्रगति विवरण हेर्ने र सेवाग्राहीबाट आएका गुनासाबारे छलफल हुने गरेको उनको भनाइ छ । 

लोपोन्मुख, दलित तथा गरीबका लागि निशुल्क स्वास्थ्य विमाको लागि बजेट छुट्याएको बताउँदै उनले एक घर एक धारा खानेपानी योजनाअनुरूप काम भइरहेको उनले बताए ।