close

‘जानेर कुनै गल्ती गर्दिनँ’

‘जानेर कुनै गल्ती गर्दिनँ’

Trulli
ADVERTISEMENT

काठमाडौं । दाङको राप्ति गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानेर कुनै पनि नराम्रो काम नगर्ने बताएका छन् । 

स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउने बताएका छन् । सबै राजनीतिक दललगायतको सहयोग भएमात्रै गाउँपालिकाले लिएका योजना सफल हुने बताउँदै उनले यस्तो बताएका हुन् । 

संघ र प्रदेशबीचको समन्वयका कारण काम गर्न सहज भएको उनले बताए । ‘हाम्रो ठाउँमा पानीको अभाव छ । पानीको अभाव पूर्तिका लागि अर्थमन्त्री जनार्दन शर्माले आफैँले फोन गरेर १० लाख उपलब्धता गराउने प्रतिबद्धता जनाउनुभयो,’ उनले भने, ‘बजेट आएर हामीले काम पनि सम्पन्न गरेका छौँ ।’

लुम्बिनीको राजधानी रहने गाउँपालिका भएकाले राजधानीका लागि गाउँपालिकाले गर्नुपर्ने कार्यलाई निरन्तरता दिएको उनले बताए । उनले भने, ‘लुम्बिनीको राजधानीका लागि गाउँपालिकाले गर्नुपर्ने कामलाई गरेका छौँ । र, गर्ने पनि छौँ,’उनले भने, ‘मन्त्रालय आउने वा नआउने भन्ने कुरा राजनीतिक मामला हो ।’