close

उपप्रमुखको सेवा र सुविधा भत्ताबाट विद्यार्थीलाई ट्र्याक सुट

उपप्रमुखको सेवा र सुविधा भत्ताबाट विद्यार्थीलाई ट्र्याक सुट

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले ७२ जना विद्यार्थीलाई ट्र्याक सुट बितरण गरेको छ । बुधबार एक कार्यकमको समारोहमा नगर उपप्रमुख बुढाथोकीले वडा नम्बर ६ स्थित गडगडे आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेका हुन् । 

उनले आफूले पाएको सेवा र सुविधाबापतको रकमबाट सो सहयोग गरेको जनाएका छन् । उनले स्थानीय निर्वाचन पूर्व स्वघोषणा अनुरुप सेवा सुबिधा बापतको रकम महिला तथा बालबालिका हितका निमित्त खर्चिदै आएको बताए । 

उनले यस अघि वडा नम्बर २ स्थित आजाद माध्यमिक विद्यालयका  साना भाइ बहिनिहरुलाइ न्यानो कपडा (ट्र्याक सुट) वितरण गरेको बताए । आफूले वितरण गरेको कपडाबाट विद्यार्थीले न्यानो पाउने विश्वास व्यक्त गरे ।