close

टोलमै सिंहदरबार : भोजपुरको रामप्रसादराई गाउँपालिका टोली योजना सम्झौता गर्न गाउँमै

‘गाउँगाउँमा सिंहदरबार भन्थे, हो पो रहेछ’ स्थानीयले भने ।

टोलमै सिंहदरबार : भोजपुरको रामप्रसादराई गाउँपालिका टोली योजना सम्झौता गर्न गाउँमै

‘गाउँगाउँमा सिंहदरबार भन्थे, हो पो रहेछ’ स्थानीयले भने ।

Trulli
ADVERTISEMENT

भोजपुर । रामप्रसादराई गाउँपालिकाले टोलटालमै पुगेर योजना सम्झौता गरिरहेको छ । गाउँपालिकावासीलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईसहितको कर्मचारी टोली टोलटोल पुगेको हो ।

‘गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु वडाबाटै सम्झौता गर्न शिविर नै चलाउने निर्णय गाउँसभामै गराएको थिएँ, त्यसैले योजना सम्झौताका लागि आवश्यक कर्मचारीसहितको टोली लिएर म हिंडिरहेको छु’ अध्यक्ष राईले भने ।

अध्यक्षसहितको टोलीले वडा नं. ३ भुल्के, वडा नं. ७ बासिखोराका १६ वटा योजना सम्झौता गरिसकेको छ । कतिपय वडाबाट गाउँपालिका केन्द्रसम्म पुग्न एक दिन नै छुट्याउनुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीय पनि खुशी छन् । ‘गाउँगाउँमा सिंहदरबार भन्थे, हो पो रहेछ’ स्थानीयले भने ।    

रामप्रसादराई गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिको पहिलो गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नै योजना सम्झौता टोलटोलमा पुगेर गर्ने भन्ने उल्लेख छ ।