close

निर्माणमा लापरवाही : बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु, योजनाबारे पालिका नै बेखबर

बहुदरमाई नगरपालिकाका मेयर भन्छन्, 'प्रदेशको योजनाबारे नगरलाई जानकारी छैन, कारवाही प्रक्रिया अगाडी बढाउँछु'

निर्माणमा लापरवाही : बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु, योजनाबारे पालिका नै बेखबर

बहुदरमाई नगरपालिकाका मेयर भन्छन्, 'प्रदेशको योजनाबारे नगरलाई जानकारी छैन, कारवाही प्रक्रिया अगाडी बढाउँछु'

Trulli
भत्किएकाे संरचना
ADVERTISEMENT

पर्सा । बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना स्थानीय मजदुरको मृत्यु भएको र अर्का एक जना घाइते भएको घट्नाले स्थानीय आक्रोशित भइरहँदा बहुदरमाई नगरपालिकाले उक्त योजनामा पालिकाको कुनै संलग्नता नरहेको प्रष्ट्याएको छ । 

बहुदरमाई नगरपालिकाका मेयर सिंगाशन साह तेलीले घट्नाबारे प्रष्ट्याउँदै उक्त योजना नगरपालिकालार्य जानकारी नै नदिई सहमति विना प्रदेश सरकारले सञ्चालन गरेको बताए । उनले सामाजिक विकास ईकाई कार्यालयले वडा नं. ४ तिलावे खोला (चाईना पुल)को छेउमा छठिया घाटको भर्यांग निर्माणको सेल्टिींग खोल्ने क्रममा राजा मण्डलको मृत्यु भएका आफु पनि दुःखी रहेको जनाएका छन् । 

योजनामा नगरपालिकाको कुनै पनि (आर्थिक, प्राविधिक र प्रशासनिक) संलग्नता नरहेको मेयर साहले बताए । उनले घट्नाका दोषीलाई आवश्यक छानविन गरी कारवाही गर्न माग समेत गरे । 

भत्किएको संरचनाले किचेर बहुदरमाई नगरपालिका वडा नं.५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं.५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् । वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम छ ।

बहुदरमाई नगरपालिका वडा नं.४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भ¥याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि पठाएका थिए । घाइते मध्ये राजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेयर साहले जारी गरेको विज्ञप्ति

मेयर साहले जारी गरेको विज्ञप्ति