close

बागमती नगरपालिकाका एक वडा सदस्यले गरे पार्टी परिवर्तन

बागमती नगरपालिकाका एक वडा सदस्यले गरे पार्टी परिवर्तन

Trulli
ADVERTISEMENT

सर्लाही। सर्लाहीकाे बागमती नगरपालिकाका एक वडा सदस्यले पार्टी परिवर्तन गरेका छन्। 

पालिकाको वडा नं ९ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका वडा सदस्य मुनिलाल महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनलाई नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र मधेश प्रदेश सदस्य जहवार कुस्वाले माला र खादा लगाएर पार्टी प्रवेश गराएका छन्। 

‘सबै परिवारका सदस्य, समाज नै माअमाओवादीमा सक्रिय छन्। म एक्लै चाँही कसरि कांग्रेसमा बस्नु? कसैको करकाप हैन, तर सबै साथी–भाई माओवादीमा भएकाले मलाई पनि मन लागेर पार्टी परिवर्तन गरेको हुँ।’ महतोले पालिकाखबरलाई जानकारी दिए। विसं २०४९ साल देखी नेपाली कांग्रेसबाट राजनीति सक्रिय राजनीतिमा रहेका उनले शनिबार पार्टी परिवर्तन गरेर नेकपा माओवादी प्रवेश गरेका हुन्।