close

नगरप्रमुख प्रजापतिसँग किर्तिपुरकी उपप्रमुख शाक्यबीच भेटर्वार्ता

नगरप्रमुख प्रजापतिसँग किर्तिपुरकी उपप्रमुख शाक्यबीच भेटर्वार्ता

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति र उपप्रमुख रजनी जोशीसँग कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले भेटर्वार्ता गरेकी छिन्। नगरपालिकाद्वारा आयोजित अन्तरनगर पुरुष खो खो प्रतियोगिता खेलको अवलोकन गर्न पुगेका उपप्रमुख शाक्यले भेटर्वार्ता गरेकी हुन् ।

 भेटमा भक्तपुरको शिक्षा, पर्यटन, कर्मचारी व्यवस्थापन, विकास निर्माणलगायतका विविध पक्षबारे अनुभव आदानप्रदान गरेको जानकारी दिइएको छ । 

 नगर प्रमुख प्रजापतिले पालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताए । 

 त्यस्तै किर्तिपरकी उपप्रमुख शाक्यले भक्तपुरलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएकोमा खुशी प्रकट गर्दै नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताल सञ्चालनबारे रुचिपूर्वक जिज्ञासा राखिन् । किर्तिपुर नपाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारीमा रहेको उनले बताइन् ।