close

नागरिक नायक २०८० बाट नगरप्रमुख प्रजापति सम्मानित

नागरिक नायक २०८० बाट नगरप्रमुख प्रजापति सम्मानित

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापति ‘नागरिक नायक २०८०’ बाट सम्मानित भएका छन् ।  नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रममा नगरप्रमुख प्रजापति सम्मानित भएका हुन् । 

उनलाई नेपाली समाजका लागि उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्वको रुपमा सम्मान गरेको हो । उनीसहित ३ जनालाई पब्लिकेशनले  ‘नागरिक नायक’बाट सम्मान गरेको छ । 
 

स्थानीय तहमा देशकै लागि उदाहरणीय काम गरेकोमा नगर प्रमुख प्रजापतिलाई ‘नागरिक नायक २०८०’ को रुपमा सम्मान गरिएको हो ।

भक्तपुर नगरपालिकाको तर्फबाट नागरिक नायक २०८० को सम्मान ग्रहण गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आजको सफलता नेमकिपाका अग्रज नेता कार्यकर्ताले दशकौंदेखि इमान्दारीपूर्वक गर्दै आएका कामकै देन भएको बताए । उनले उक्त सम्मानलाई भक्तपुरका जनताले गरेको कामको सम्मानको रुपमा आफुले लिएको बताए। 

उनले भक्तपुरका जनप्रतिनिधिहरुको इमानदारिता र निःस्वार्थ रुपले देश र जनताको सेवा गर्ने भावनाले गर्दा नगरपालिकाले नविन अभ्यासहरु गर्न सफल भएको बताए।

उक्त कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ र लैंगिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मी घलानलाई पनि नागरिक नायक २०८० ले सम्मान गरिएको जनाएको छ ।