close

श्रीमान्को कुटपिटबाट वडा सदस्यको हत्या

श्रीमान्को कुटपिटबाट वडा सदस्यको हत्या

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाको वडा नम्बर ११ का महिला वडा सदस्यको उपचारको क्रममा मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ की दलित महिला सदस्या ज्ञानी विकको उपचारको क्रममा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार विक उनकै श्रीमान ४८ वर्षीय शुम्भु विकको कुटपितबाट घाइते भई धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको थियो  । कार्यालयका प्रमुख सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपानेका अनुसार जेड २९ गते राती महिला सदस्य र श्रीमानबीच घरायसी कुरामा विवाद भएको थियो । 

कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको उपचारको क्रममा बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । वडा सदस्यमाथि कुटपिट भएको जानकारी पाएसँगै प्रहरीले शम्भुलाई प्रक्राउ गरेको अधिकारी न्यौपानेले जानकारी दिए । कार्यालयका अनुसार ज्यान मार्ने मुद्दामा शम्भुमाथि अनुसन्धान भइरहेको  छ।