close

रुन्टीगढीका वडा अध्यक्ष पुनको मृत्यु

रुन्टीगढीका वडा अध्यक्ष पुनको मृत्यु

Trulli
ADVERTISEMENT

रोल्पा  ।  रुन्टीगढी गाउँपालिकाका वडा नम्बर ४ का  अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ । वडा अध्यक्ष पुनको उपचारको क्रममा बुधबार मध्यान्ह मृत्यु भएको हो । 

वडा अध्यक्ष पुन स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार गर्दागर्दै मृत्यु भएको  गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए । 

बुधबार दिउँसो १२ बजे मृत्यु भएका ३९ वर्षीय पुनलाई रोल्पाबाट उपचारका लागि अघिल्लो दिन दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको जनाइएको छ ।