close

'गल्ती ढुकेर बस्नेले पत्र भाईरल बनाए'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको मृत्युपछि सुनवल नगरपालिकाले सार्वजनिक गरेको वक्तव्यमा श्रद्धाञ्जली र समवेदना शब्दको प्रयोगका बिषयलाई लिएर पत्र विवादमा तानिएको थियो ।

'गल्ती ढुकेर बस्नेले पत्र भाईरल बनाए'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको मृत्युपछि सुनवल नगरपालिकाले सार्वजनिक गरेको वक्तव्यमा श्रद्धाञ्जली र समवेदना शब्दको प्रयोगका बिषयलाई लिएर पत्र विवादमा तानिएको थियो ।

Trulli
ADVERTISEMENT

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको बुधबार बिहान मृत्यु भएसँगै मुलुकभरका अधिकांश स्थानीय तहले श्रद्धाञ्जली वक्तव्य जारी गरेका थिए । त्यसमध्ये नवलपरासीको सुनवल नगरपालिकाले जारी गरेको श्रद्धाञ्जली वक्तव्य सामाजिक सञ्जालमा निकै नै भाइरल भयो । 

सो व्यक्तव्य भाइरल मात्रै भएन । पत्रमा प्रयोग गरिएको समवेदना र श्रद्धाञ्जली शब्दका कारण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सामाजिक सञ्जालका प्रयाेगकर्ताले आलोचना समेत गर्न भ्याए ।

 पत्रमा लेखिएको थियो, 'सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज मिति २०८० असार २७ गते बिहान असमायिक निधन भएको हुँदा यस सुनवल नगरपालिका परिवार गहिरो शोक प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछ । यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामनासहित सम्मानीय प्रधानमन्त्रीज्यू, शोक सन्तप्त परिवारजन र इष्टमित्रप्रति सुनवल नगरपालिका हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।'सुनवल नगरपालिकाद्वारी जारी भएकाे गलत अर्थात् भाइरल सूचना

सो पत्र जारी भएको केही समयमै नगरपालिकाले सच्याएर पुन अर्को पत्र सार्वजनिक गर्यो । तरपनि नगरपालिकाबाट पहिले (गलत पत्र) जारी गरेको पत्रकै कारण जनप्रतिनिधि आलोचित भए । पत्रकै कारण आफूहरुलाई अपराधीको सरह आलोचित हुनु परेकोमा नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले पालिका खबरसंग दुखेसो पोखेकी छिन् । 

टेलिफोनमार्फत सम्पर्कमा आएकी नगरप्रमुख अर्यालले आफ्नो सानो गल्तीलाई जघन्य अपराधको रुपमा सामाजिक सञ्जालमा प्रस्तुत गरिएको बताइन् । 'हाम्रो केही गल्तीले सो सूचना सार्वजनिक भएको हो । सूचना प्रकासित भएको केही मिनेटमै गलत भएको थाहा पायौं र सच्याएर अर्को सूचना प्रकासित गरेका थियौं,' उनले भनिन्, 'तर सच्चिएको सूचना भाइरल भएन । गलत सूचना भाइरल बनाइयाे ।'

नगरपालिकाले सच्याएर जारी गरेकाे सूचना

उनले नगरपालिकाको कार्यकारी पदमा महिला भएकै कारण बदनियतले सो सूचना भाइरल गरेको आरोप लगाइन् । 'मैले पनि गल्ती गरें । सूचना सही छ भन्ने ठानेर हस्ताक्षर गरें,' उनले भनिन्, 'सच्याएर पुन सूचना प्रकासित गरेपनि पुरानै सूचनालाई आधार मानेर यति ठूलो इस्यूको रुपमा लिन नहुने हो की ?'

उनले 'भाईरल' सामाजिक सञ्जालकाे सूचनालाई मात्रै नभएर नगरपालिकाकाे आधिकारिक पेजलाई हेर्न समेत अनुराेध गरिन् ।

उनले सो सूचनाले आफूलाई पनि सच्चिने अवसर मिलेको बताइन् । उनले भनिन्, 'यो सूचना मेरो लागि पाठ भयो । अबदेखि आफैंले कुनै पनि सूचना वा कागजातलाई राम्राेसंग नपढी वा अध्ययन नगरी हस्ताक्षर गर्दिनँ ।'