कैलाली- सुदूरपश्चिम प्रदेशका उपरथी तथा पृतनापति विजय थापाले बाढीग्रस्त क्षेत्र टीकापुर र भजनीबारे टीकापुर नगरपालिकाका जनप्रतिनीधि, प्रहरी र स्थानीय नागरिकसँग छलफल गरेका छन् । नगरपालिकाका प्रमुख रामलाल डगाैंरा थारु, वडाध्यक्ष, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयसँग उनले बाढी प्रभावित क्षेत्रमा गर्नसकिने सहयोगबारे छलफल गरेका हुन्।
मानव सुरक्षा र घरायसी सामानको सुरक्षाका बारेमा चासो राख्दै पृतनापति थापाले भने, 'बाढी प्रभावित क्षेत्रका बासिन्दासित भेटघाट गरिरहेका छौँ, प्रदेश र जिल्ला समन्वय समितिसँग पनि समन्वय गरिरहेका छौँ ।’ सुदूरपश्चिम पृतनाले विपद्सँग सम्बन्धित क्षेत्रमा जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । प्राविधिकसहितको सेनाको टोली चिसापानी र तेघरी ब्यारेकमा तैनाथ गरिएको छ । विप्दका समयमा नियमित सम्पर्कमा रहन र छलफल गर्न पृतनापति थापाले सुझाव दिए ।
छलफलमा नगर प्रमुख डगाैँराले टीकापुरका ३, ५, ६,७, ८ र ९ नम्बर बाढीबाट बढी प्रभावित भएको जानकारी दिए । बेला बेलामा कर्णाली नदी र पथरैया नदीको बाढीले दुःख दिने गरेको उनले बताए । 'कर्णाली नदीमा भइरहेको तटबन्धको कामा लापरबाही भएको छ, कमसल तटबन्धले जोखिम बढाएको छ', प्रमख डगौँराले भने ।
छलफल कार्यक्रममा सहायक रथि सुरतबहादुर रावल, बाहिनीपति दिपेसजङ्ग शाहसहितको सैनिक अधिकृतको टोली सहभागी थियो । टोलीले टीकापुर र भजनी नगरपालिकाको बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । हरेक वर्ष बर्खामा कर्णाली, पथरैया, मोहना र कन्द्रा नदीले टीकापुर, भजनी, जानकी र जोशीपुर बाढीको बढी जोखिममा पर्ने गर्छन् ।
धानबाली र घरभित्रको अन्नपात जोगाउन नपाएका यहाँका नागरिक सामान्य वर्षा हुने वित्तिकै चिन्तित हुन थाल्छन् । यस क्षेत्रमा निर्माण भएका तटबन्ध भरपर्दा र नियमित निर्माण नहुँदा एकातिर बजेट दुरुपयोग हुने गरेको छ भने अर्कोतर्फ नागरिकको जीवनस्तर कमजोर हुँदै गएको छ । कर्णाली नदीमा पहिले निर्माण गरिएका तटबन्ध गुणस्तरीय नभएपछि हाल रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ढुला ढुङ्गा हालेर तटबन्ध निर्माण गर्न थालेको छ । कर्णालीले कैलालीतर्फ धार परिवर्तन गरेकाले तटबन्ध बनाउँदा ठूला ढुङ्गा प्रयोग गर्नुपरेको सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर तथा सूचना अधिकारी प्रेम लासिवाले बताए ।
'जोखिम बढी भएको ठाउँमा छिमेकी पालिकासँग ठूला ढुङ्गा मागेर तटबन्धको काम भइरहेको छ', उनले भने । भजनी–९ मा नदी कटान तीव्र भएपछि जनप्रतिनिधि र स्थानीय मिलेर जैविक तटबन्ध गरिरहेका छन् । स्थानीयले प्लाष्टिक, काठ तथा जाली प्रयोग गरेर जैविक तटबन्ध बनाउँदै छन् । बाढी प्रभावित क्षेत्रमा अनुगमनसहित छलफल सुदूरपश्चिम प्रदेशका उपरथी तथा पृतनापति विजय थापाले बाढीग्रस्त क्षेत्र टीकापुर र भजनीबारे टीकापुर नगरपालिकाका जनप्रतिनीधि, प्रहरी र स्थानीय नागरिकसँग छलफल गरेका छन् । नगरपालिकाका प्रमुख रामलाल डगाैँरा थारु, वडाध्यक्ष, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयसित उनले बाढी प्रभावित क्षेत्रमा गर्नसकिने सहयोगबारे छलफल गरेका हुन् ।
मानव सुरक्षा र घरायसी सामानको सुरक्षाका बारेमा चासो राख्दै पृतनापति थापाले भने, 'बाढी प्रभावित क्षेत्रका बासिन्दासित भेटघाट गरिरहेका छौँ, प्रदेश र जिल्ला समन्वय समितिसँग पनि समन्वय गरिरहेका छौँ ।’ सुदूरपश्चिम पृतनाले विपद्सँग सम्बन्धित क्षेत्रमा जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । प्राविधिकसहितको सेनाको टोली चिसापानी र तेघरी ब्यारेकमा तैनाथ गरिएको छ । विप्दका समयमा नियमित सम्पर्कमा रहन र छलफल गर्न पृतनापति थापाले सुझाव दिए।
छलफलमा नगर प्रमुख डगाैँराले टीकापुरका ३, ५, ६,७, ८ र ९ नम्बर बाढीबाट बढी प्रभावित भएको जानकारी दिए । बेला बेलामा कर्णाली नदी र पथरैया नदीको बाढीले दुःख दिने गरेको उनले बताए । 'कर्णाली नदीमा भइरहेको तटबन्धको कामा लापरबाही भएको छ, कमसल तटबन्धले जोखिम बढाएको छ', प्रमख डगौँराले भने ।
छलफल कार्यक्रममा सहायक रथि सुरतबहादुर रावल, बाहिनीपति दिपेसजङ्ग शाहसहितको सैनिक अधिकृतको टोली सहभागी थियो । टोलीले टीकापुर र भजनी नगरपालिकाको बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । हरेक वर्ष बर्खामा कर्णाली, पथरैया, मोहना र कन्द्रा नदीले टीकापुर, भजनी, जानकी र जोशीपुर बाढीको बढी जोखिममा पर्ने गर्छन् ।
धानबाली र घरभित्रको अन्नपात जोगाउन नपाएका यहाँका नागरिक सामान्य वर्षा हुने वित्तिकै चिन्तित हुन थाल्छन् । यस क्षेत्रमा निर्माण भएका तटबन्ध भरपर्दा र नियमित निर्माण नहुँदा एकातिर बजेट दुरुपयोग हुने गरेको छ भने अर्कोतर्फ नागरिकको जीवनस्तर कमजोर हुँदै गएको छ । कर्णाली नदीमा पहिले निर्माण गरिएका तटबन्ध गुणस्तरीय नभएपछि हाल रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ढुला ढुङ्गा हालेर तटबन्ध निर्माण गर्न थालेको छ । कर्णालीले कैलालीतर्फ धार परिवर्तन गरेकाले तटबन्ध बनाउँदा ठूला ढुङ्गा प्रयोग गर्नुपरेको सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर तथा सूचना अधिकारी प्रेम लासिवाले बताए ।
'जोखिम बढी भएको ठाउँमा छिमेकी पालिकासँग ठूला ढुङ्गा मागेर तटबन्धको काम भइरहेको छ', उनले भने । भजनी–९ मा नदी कटान तीव्र भएपछि जनप्रतिनिधि र स्थानीय मिलेर जैविक तटबन्ध गरिरहेका छन् । स्थानीयले प्लाष्टिक, काठ तथा जाली प्रयोग गरेर जैविक तटबन्ध बनाउँदै छन् ।