close

फोटो सम्झना– २०५६ : पनौतीकी उपमेयर बञ्जाराको त्यो क्षण...

‘वाह’, ‘सुन्दर’, ‘ब्यूटिफुल’ जस्ता फेसबुकमा कमेण्टहरु बर्षिरहेका थिए । बि.सं. २०५६ को संग्रहित तश्विरलाई सामाजिक सञ्जालमा जब पनौती नगरपालिकाकी उपमेयर गिता बञ्जाराले ‘पोष्ट’ गरिन् ।

फोटो सम्झना– २०५६ : पनौतीकी उपमेयर बञ्जाराको त्यो क्षण...

‘वाह’, ‘सुन्दर’, ‘ब्यूटिफुल’ जस्ता फेसबुकमा कमेण्टहरु बर्षिरहेका थिए । बि.सं. २०५६ को संग्रहित तश्विरलाई सामाजिक सञ्जालमा जब पनौती नगरपालिकाकी उपमेयर गिता बञ्जाराले ‘पोष्ट’ गरिन् ।

Trulli
ADVERTISEMENT

तश्विर राम्रो छ । ‘आर्टिस्टिक इफेक्ट्स’ प्रयोग गरे जस्तो देखिने तश्विरलाई प्रविधिले झन् जिवन्त बनाईदिएको छ । हामीलाई तश्विर भन्दा पनि तश्विर भित्रको कथाबारे जान्ने इच्छा भयो । बि.सं. २०५६ सालको तश्विरलाई आज सामाजिक सञ्जालमा पोष्ट गर्नुको कारण पनि बुझ्नु थियो । 

जनप्रतिनिधिका प्रत्येक क्रियाकलाप सामाजिक चासोका विषय हुन् । अझ सामाजिक सञ्जालमै सार्वजनिक गरिएका विषय आधिकारिक हुन् र मानिन्छन् पनि । कतिपय अवस्थामा तिनै सामाजिक सञ्जालमा लेखिएका धारणालाई आधार बनाएर खबरहरु पनि बन्छन् । 

‘ओहो, आराम हुनुहुन्छ ?’ धेरै समयपछिको फोन संवाद भएकाले उपमेयर बञ्जाराबाटै प्रश्न सोझियोे, ‘अहिले कता हुनुहुन्छ ?’ 

मलाई तश्विरका बारेमा चासो थियो, सोधिहालेँ । 

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा उहाँ जनप्रतिनिधिमा निर्वाचित हुनुभएको रहेछ । ‘त्यतिबेला वडा नं. ४ को वडा सदस्य थिएँ’ फोटोबारे प्रष्ट्याउँन गरिएको आग्रह पछि उनको प्रतिक्रिया थियो, ‘त्यतिबेलाको याद आयो, पोष्ट गरिदिएँ ।’

के थिए त त्यतिबेलाका याद ?

हाल पनौती नगरपालिकामा दोश्रो पटक पनि उपमेयरमा निर्वाचित भएकी गिता बञ्जारा २०५४ सालमा वडा सदस्य त थिईन् नै । सँगसँगै नगरपालिकाको लेखा समितिमा बसेर पनि काम गरिन् । त्यतिबेला नेकपा एमालेबाट उनको वडा नंं. ४ सँगै ६ वटा वडामा नेकपा एमालेले जितेको थियो । त्यतिबेलाका मेयर सप्तकाजी बुद्धाचार्य थिए । 

‘योजना निर्माण, अनुगमन मात्र होइन योजनाका प्रभावबारे पनि बुद्धाचार्य मेयरले धेरै सिकाउनुहुन्थ्यो, सँगै लिएर हिंड्नुहुन्थ्यो, त्यसैको जगमा म आज यहाँ छु’ उपमेयर बञ्जाराले भनिन्, ‘जनताका समस्या छिटो बुझ्न र उनीहरुका आवश्यकता पहिल्याउन सक्नु नै जनप्रतिनिधिको मूल कर्म हो भनेर हामी सबै जनप्रतिनिधिलाई सम्झाउनुहुन्थ्यो ।’

त्यतिबेला १२५ रुपैयाँदेखिका योजनाहरु बन्ने गरेको स्मरण उपमेयर बञ्जारासँग अझै ताजै छन् । त्यतिबेला पालिकाले १२५ रुपैयाँमा कुवा र ३०० रुपैयाँमा इनार बनाएको थियो । हाल नगरपालिका जाने बाटो त्यतिबेला ५ हजार रुपैयाँमा तयार भएको थियो । 

०५४ मा निर्वाचित मेयर सप्तकाजी बुद्धाचार्यले बनाएको योजनाकै वरिपरि अहिले पनि काम भईरहेको उपमेयर बञ्जारा सम्झिन्छिन् । अहिलेको उपमेयरको भूमिका र बजेट ठूलो छ । तर, त्यतिबेला वडा सदस्य हुँदा बञ्जाराको वडामा जम्मा २० हजार बजेट जान्थ्यो । त्यो २० हजारमा गरिएको काम आज २० करोडमा पनि गर्न नसकिएको उपमेयरको स्वीकारोक्ति छ । 

त्यतिबेला उनी वडा सदस्य भएकै बेला महिलाकाहरुका लागि ‘आयआर्जनका लागि सिलाई’ भन्ने कार्यक्रममा जाँदा खिचिएको तश्विर रहेछ त्यो । अहिले पनि तिज नजिंकिंदै गर्दा त्यतिबेलाको तिजकै बेलामा खिचिएको यो तश्विरले उनको सम्झनालाई ताजै बनाईरहेको छ । 

मस्तिष्क विकास गर्ने अभियन्ताहरुको भनाईमा मस्तिष्कले कुनै कुरा याद गर्नका कुनै खास तश्विर बनाउँछ । आज उपमेयरको तश्विरले २०५६ एवं त्यतिबेलाको स्थानीय निकाय र अहिलेको स्थानीय तहको भेद थोरै भएपनि छुट्याईदिएको छ ।