close

जुवाको खालबाट गाउँपालिका अध्यक्ष पक्राउ, पहिचान खुल्ने डरले फेरे नाम

जुवाको खालबाट गाउँपालिका अध्यक्ष पक्राउ, पहिचान खुल्ने डरले फेरे नाम

Trulli
ADVERTISEMENT

 मुस्ताङ - घरपझोङ गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ गरेका छन् । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई बिहिबार साँझ जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

पोखरा महानगरपालिकाको वडा ८ स्थित होटेल लक्ष्मीबाट जुवा खेल्दै अवस्थामा उनीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट चार खाल ४७ हजार ८० रुपैयाँ रकम बरामद गरेको प्रह्रीले जनाएको छ । 

गाउँपालिकाका उपाध्यक्षले जमुना थापामगरले आफूलाई अध्यक्ष पक्राउबारे एकीन जानकारी नभएको बताइन् । आफूले अध्यक्षलाई सो विषयबारे जानकारी लिनको लागि पटक/पटक सम्पर्क गर्दा पनि फोन नउठेको उनले पालिकाखबरलाई बताइन् । 

‘मलाई पनि एक जना भाईले सोध्नु भएको थियो । तर एकीन जानकारी थाहा छैन,’ उनले भनिन्, ‘पूजामा भएकाले म पालिकामा गएको छैन । अध्यक्षलाई सम्पर्क गर्न खोजे तर उहाँको फोन उठेन ।’ 

अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन्। अध्यक्षले आफ्नो पहिचान खुल्ने डरले मोहन थकाली नाम बनाएको जनाइएको छ।