close

गाउँपालिका अध्यक्षकाे घाेषणा : भारतसँग सतक बनाउनलेलाई एक लाख पुरस्कार

गाउँपालिका अध्यक्षकाे घाेषणा : भारतसँग सतक बनाउनलेलाई एक लाख पुरस्कार

Trulli
ADVERTISEMENT

धनुषा -  जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले क्रिकेट खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका छन् । एशियाली कप प्रतियोगिता अन्तर्गत सञ्चालित नेपाल र भारतबीचको खेलमा सतक, अर्धसतक ह्याट्रिय विकेट लिने खेलाडीलाई पुरस्कार दिने साेमबार उनले घोषणा गरेका हुन् । 

खेलाडीको मनोबल बढाउनको लागि सो पुरस्कार दिने घोषणा गरेको उनले पालिकाखबरलाई बताए । एसियाली कप खेलमा नेपाल पहिलाे पटक छनाैट भइ  खेल्न लागेकोले आफू खुसी भएर साे पुरस्कार दिने घोषणा गरेको उनले सुनाए । 

उनले आफूले व्यक्तिगत रुपमा सो पुरस्कार दिने घोषणा गरेको बताए । अध्यक्ष यादवले सोमबार हुने खेलमा सतक बनाउने खेलाडीलाई एक लाख, अर्ध सतक बनाउनेलाई ५०००० र कुनै एक बलरले ह्याट्रिक विकेट लिएमा ५०००० रुपैयाँ पुरस्कार दिने जनाएका छन् ।