close

'नेल्सन मण्डेला लिडरसीप अवार्ड'बाट सुनकोशी गाउँपालिका अध्यक्ष सम्मानित

'नेल्सन मण्डेला लिडरसीप अवार्ड'बाट सुनकोशी गाउँपालिका अध्यक्ष सम्मानित

Trulli
ADVERTISEMENT

ओखलढुंगा । सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङलाई नेल्सन मण्डेला लिडरसीप अवार्डबाछ सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष तामाङलाई गैरआवासीय भारतीयहरूको संस्था एनआरआइ वेलफेरयर सोसाइटी अफ इन्डियाले बुधवार लण्डनमा आयोजित नेल्सन मण्डेला लिडरसीप अवार्डद्धारा सम्मानित गरेको हो। 

सो अवार्डबाट सम्मानित हुने उनी पहिलो नेपाली नागरिक हुन् । उनलाई एनआरआई वेलफेयर अफ इन्डियाले गरेको सर्वेक्षणका आधारमा अवार्डको लागि छनौट गरेको हो । 

सो संस्थामा विश्वभर छरिएर रहेका गैरभारतीय नागरिकाको हक तथा हितको लागि काम गर्ने गर्दछ । संस्थाले शिक्षा, सामाजिकलगायत विभिन्न क्षेत्रमा योगदान दिने नागरिकलाई सम्मान गर्ने गरेको छ ।