close

उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार बन्छु : कावा अध्यक्ष

उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार बन्छु : कावा अध्यक्ष

Trulli
ADVERTISEMENT

दैलेख- महाबु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा(पाण्डे)ले गाउँपालिकाको उपनिर्वाननमा आफैं गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्न सक्षम र इच्छुक रहेको बताएकी छन् । 

पालिकाखबरसँगको संवादमा उनले भनेकी छन्, ‘महिलालाई विश्वास गरिहालेर पार्टीले टिकट दिन्छजस्तो लागिरहेको छैन तर जनताले चाहेमा मैले त्यो मौका पाउछु र जित्छु ।’ पालिकाभित्र राम्रो काम गरेको हुँदा जनस्तरबाट मञ्जुलाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने आवाज उठ्नेमा उनी विश्वास्त छिन् ।

गत माघ २७ गते महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको ७६ वर्षको उमेरमा निधन भएपछि उपाध्यक्षमा निर्वाचित शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।  

प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ स्थानमा उपनिर्वाचन हुँदैछ । सरकारले प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारी गरिरहेको छ । 

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको रिक्त पदमा उपनिर्वाचनका सन्दर्भमा सरकारसँग छलफल अगाडि बढाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिसकेका छन् भने सरकारले आगामी वैशाखमा उपनिर्वाचन गर्ने जवाफ दिएको स्रोतले बताएको छ ।