close

जितपुर सिमराका संस्थापक मेयर पौडेलको निधन

जितपुर सिमराका संस्थापक मेयर पौडेलको निधन

Trulli
ADVERTISEMENT

बारा- जितपुरसिमरा उपमहानगरपालिकाका संस्थापक मेयर कृष्ण पौडेल मृत फेला परेका छन् । 

बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । 

घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।