close

नगरप्रमुखको भत्ताबाट टुहुरा बालबालिकालाई दशैँ खर्च

नगरप्रमुखको भत्ताबाट टुहुरा बालबालिकालाई दशैँ खर्च

Trulli
ADVERTISEMENT

अछाम- साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैँ खर्च उपलब्ध गराएका छन्‌ । नगरपालिकाका १४ वडाका टुहुरा बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैँ खर्च उपलब्ध गराएका हुन्‌ ।

नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन्‌ । एक जनालाई २ हजार ५०० का दरले रकम उपलब्ध गराइएको नगरप्रमुख कुँवरले बताए । 

नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दशैँ मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ । त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ ।'