close

१४ दिनसम्म ताला नखुलेपछि दशैंमा २९७ कर्मचारी र ५ हजार ४८६ वृद्धवृद्धाको हात रित्तै

१४ दिनसम्म ताला नखुलेपछि दशैंमा २९७ कर्मचारी र ५ हजार ४८६ वृद्धवृद्धाको हात रित्तै

Trulli
ADVERTISEMENT

अछाम- कमलबजार नगरपालिकामा तालाबन्दी गरिएको १४ दिनमा पनि नखुलेपछि कर्मचारी र सामाजिक सुरक्षाभत्ता लिनेहरू समस्यामा परेका छन् । 

कमलबजारमा क्रियाशिल राजनीतिक दल नेकपा माले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी (विप्लव) र नेपाल मजदुर किसान पार्टीले असोज १९ गतेदेखि ताला लगाएका थिए । 

कमलबजारको विवादका कारण कर्मचारीले साउनदेखि तलब नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टले पालिकाखबरलाई बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टका अनुसार ९२ जना कर्मचारी र २०२ जना शिक्षकले तलब नपाएका हुन् । 

त्यस्तै सामाजिक सुरक्षाभत्ता लिने वृद्धवृद्धा, फरक क्षमता भएका, एकल महिला र दलित बालबालिकाको पनि यसपालिको दशैंमा हात रित्तो भएका छन् । नगरपालिकाका अनुसार दशैंमा ५ हजार ४८६ जना सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् ।