close

२० दिनपछि खुल्यो नगरपालिकाको ताला

२० दिनपछि खुल्यो नगरपालिकाको ताला

Trulli
ADVERTISEMENT

रौतहट- फतुवा विजयपुर नगरपालिकाको ताला २० दिनपछि खुलेको छ । नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा तालबन्दी गरे पनि दशैँअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन ।

छठ पर्वअघि सबै शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिइने सर्तमा आइतबारदेखि कार्यालय सञ्चालनमा आउने गरि जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो । 
गत असार १० गतेभित्र नगरसभा हुनुपर्ने ऐनमा व्यवस्था छ तर नगरप्रमुख भ्रष्टाचार मुद्दामा अदालतबाट कसुर ठहर भएको गरपालिकाले हालसम्म नगरसभा सकेको छैन । त्यसैले नगरपालिकाको आर्थिक गतिविधि शून्य छ ।

संघीय मन्त्रालयले फतुवा विजयपुरको प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई खटाएको छ । प्रशासकीय अधिकृतलाई काम गर्न जनप्रतिनिधिकै अवरोध छ । विभिन्न आरोप लगाउदै उनलाई हाजिर हुन दिएका छैनन् ।