close

'निजी कम्पनीले पैसा खुवाएका बैठक बहिस्कार गरेको हुँ'- बालेन

'निजी कम्पनीले पैसा खुवाएका बैठक बहिस्कार गरेको हुँ'- बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको जनाएका छन् । बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सो जनाएका हुन् । 

मेयर्स फोरमको मंगलबार बसेको पाँचौं बैठकमा उपस्थित भएका नगरप्रमुख शाह फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बोल्न नदिएको भन्दै बैठकबाट बाहिरिएका थिए । सोही घटनालाई मध्यनजर गरी उनले सो स्ट्याटस लेखेका हुन् ।

उनले लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन ।’

उनले नेताहरुले देश नै बेच्न खोजेका आरोपसमेत लगाएका छन् । उनी लेख्छन्, ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो । तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’