close

विराटनगर महानगरका प्रमुख कोइराला चीन प्रस्थान

विराटनगर महानगरका प्रमुख कोइराला चीन प्रस्थान

Trulli
ADVERTISEMENT

मोरङ- विराटनगर महानगरपालिकाका  प्रमुख नागेश कोइरालाले चीन प्रस्थान गरेका छन् । 

नगर प्रमुख कोइराला ६ दिने चीन भ्रमणमा निस्किएका हुन् । यही कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् । 

लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।