close

करारमा कर्मचारी नियुक्तिपछि आएको दरार : बोल्दैनन् मेयर-उपमेयर, करिब ३०० कर्मचारी भोकै !

करारमा कर्मचारी नियुक्तिपछि आएको दरार : बोल्दैनन् मेयर-उपमेयर, करिब ३०० कर्मचारी भोकै !

Trulli
ADVERTISEMENT

अछाम- कमलबजार नगरपालिका कार्यालय गएको ४४ दिनदेखि बन्द छ । नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा कुमारी विष्टको व्यक्तिगत स्वार्थ बाझिँदा कार्यादलय त बन्द छ नै, जनताको सेवक हुँ भनेर निर्वाचित भएका जनप्रतिनिधिले जनताका अगाडि चारित्रिक नंग्नता प्रस्तुत गरेका छन् । 

विकास त परकै कुरा, सामान्य सेवाबाट पनि बञ्चित हुनुपर्दा कमलबजारका स्थानीय यतिबेला पुर्पुरोमा हात राखेर बस्नुपर्ने अवस्थामा पुगेका छन् । चुनावमा सहयोग गरेका आफ्नो पार्टी र नजिकका व्यक्तिलाई जनताको करको दुरुपयोग गर्दै अनावश्यक दरबन्दी सिर्जना गरी जागिर खुवाउने हानाथापले कमलबजार नगरपालिकाभित्रको विवाद चुलिएको हो । 

यतिमात्र होइन्, नगरपालिकाका कर्मचारीले ४ महिनाको तलब र सामाजिक सुरक्षाभत्ता लिनेहरूले दशैंतिहारमा पाउनुपर्ने भत्तासमेत पाएनन् । कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टका अनुसार ९२ जना कर्मचारी र २०२ जना शिक्षकले तलब नपाएका हुन् । 

त्यस्तै सामाजिक सुरक्षाभत्ता लिने वृद्धवृद्धा, फरक क्षमता भएका, एकल महिला र दलित बालबालिकाको पनि यसपालिको दशैं तिहारमा हात रित्तो भएका छन् । नगरपालिकाका अनुसार ५ हजार ४८६ जना सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । 

मेयर र उपमेयरको विवाद नमिलेसम्मका लागि भन्दै कमलबजारमा क्रियाशिल राजनीतिक दल नेकपा माले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी (विप्लव) र नेपाल मजदुर किसान पार्टीले असोज १९ गते ताला लगाएका थिए । त्यसयता नगरपालिकाको ताला खुल्न सकेको छैन ।