close

डोकोभरी सुन्तलासहित पुतलीबजारका नगरप्रमुख तिलोत्तमा पुगेपछि

डोकोभरी सुन्तलासहित पुतलीबजारका नगरप्रमुख तिलोत्तमा पुगेपछि

Trulli
ADVERTISEMENT

रुपन्देही - पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी एक डोको सुन्तलासहित तिलाेत्तमा नगरपालिका पुगेका छन् । नगरप्रमुख रेग्मी तिलोत्तमाको अवलोकन गर्न एक डोको सुन्तलासहित पुगेका हुन् । 

नगरपालिकाकी उपप्रमुख देवी अर्यालले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरीलाई मायाको चिनो स्वरुप सुन्तलाले भरिेएको डोको हस्तान्तरण गरेका थिए । 

भेटमा दुबै पालिकाबीच आगामी दिनमा सहयोग समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जाहेर गरिएको जनाइएको छ ।