close

पोखराका नगरप्रमुख आचार्यलाई सेनाको सम्मान

पोखराका नगरप्रमुख आचार्यलाई सेनाको सम्मान

Trulli
ADVERTISEMENT

कास्की- नेपाली सेनाले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान गरेको छ । 

पोखरामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नगरप्रमुख आचार्यलाई प्रशंसा निसानले सम्मान गरेका हुन् । नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियानअन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षण कार्यमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नगरप्रमुख आचार्यलाई प्रधानसेनापति शर्माले सो सम्मान प्रदान गरेका हुन् । 

हिमाल आरोहणका क्रममा जाने आरोहीहरूले गरेको प्रदूषणका कारण हिमालय क्षेत्रमा कयौँ टन फोहोर थुप्रिएकाले त्यसको सफाइका लागि बर्सेनि नेपाली सेनाले अभियान सञ्चालन गर्ने गरेको छ । पछिल्लो पटक हिमाल सफाइ अभियानको नेतृत्व गरी पोखरा आइपुगेको नेपाली सेनाका क्याप्टेन भीम बहादुर भुजेल नेतृत्वको टोलीलाई नगर प्रमुख आचार्यले महानगरपालिकाको लोगो अकिंत झन्डा सहित आर्थिक सहायता प्रदान गरेका थिए । 

पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा साथ दिनु जैविक विविधता तथा पर्यावरण संरक्षण प्रति स्थानीय सरकारको प्रतिविद्धताका रूपमा आफूले लिएको प्रमुख आचार्यको तर्क छ ।

टु सेभ द हिमालयज भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर सङ्कलन गरिएको थियो ।