close

रुपनीका अध्यक्षमाथि चोरी–डाँका मुद्दा दर्ता गर्न परमादेश

रुपनीका अध्यक्षमाथि चोरी–डाँका मुद्दा दर्ता गर्न परमादेश

Trulli
ADVERTISEMENT

सप्तरी- रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहितका चारजनामाथि चोरी–डाँका मुद्दा दर्ता गरी छानबिन गर्न उच्च अदालत राजविराजले परमादेश जारी गरेको छ।

गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै कमिशनको प्रमाण रहेको मोवाइल लुटेको भन्दै रुपनी गाउँपालिका– १ का किरणकुमार जयसवालले गत २३ साउनमा अदालतमा मुद्दा दायर गरेका थिए।

तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जयसवालले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतका न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले परमादेश जारी गरेको हो । 

रुपनी गाउँपालिकाका अध्यक्ष यादवसहित राम यादव, पीताम्बर यादव, सरोज यादवले हातपात गर्दै डाँका गरेको जनाइएको छ । पीताम्बर निवर्तमान वडाध्यक्ष हुन् ।