close

राष्ट्रियसभा निर्वाचनमा सहभागी गाउँपालिका अध्यक्ष बेहोस

राष्ट्रियसभा निर्वाचनमा सहभागी गाउँपालिका अध्यक्ष बेहोस

Trulli
ADVERTISEMENT

मोरङ- राष्ट्रिय सभा निर्वाचनमा मतदनमा लागि विराटनगर पुगेका ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहास भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर पुगेका उनी बुधबार बेलुका खाना खाने क्रममा होटल स्टर्न स्टार एक्कासी ढलेका तिए । 

होटलमा खाना खाने बेलामा थारु बेहोस भएपछि उपचारका लागि सुरूमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो । 

अध्यक्ष थारुलाई ‘ब्रेन ह्यामराइज’ भएको र हाल भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले पालिकाखबरलाई बताए । भट्टराईका अनुसार अझै अध्यक्ष थारू अचेत अवस्थामै रहेका छन् ।