close

चीनको भ्रमणमा भोक्राहा नरसिंहका अध्यक्ष

चीनको भ्रमणमा भोक्राहा नरसिंहका अध्यक्ष

Trulli
ADVERTISEMENT

सुनसरी- भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ मंगलबार चीन जाने भएका छन् । गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि हुने भोली चीन जान लागेका हुन् । 

उनका अनुसार गाउँपालिकामा ९० प्रतिशत स्थानीय बासिन्दा कृषि पेशामा आवद्ध रहेका छन् । स्थानीय कृषकलाई कृषिमा सहजीकरण गर्नको लागि अवलोकन गर्न चीन जान लागेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकामा कृषि पकेट र तरकारी हबको रुपमा निर्माण हुँदै आएको उनको भनाइ छ । सोलाई थप आधुनिकीकरण गर्न तथा स्थानीयलाई प्राविधिक रुपमा सहयोग गर्नको लागि चीन जान लागेको उनले सुनाए । १२ दिने चीनको बसाईमा आफूहरुले कृषि क्षेत्रको अवलोकन गर्ने उनको भनाइ छ । 

भ्रमणमा वडा नम्बर २ का अध्यक्ष र गढी गाउँपालिकाका जनप्रतिनिधि पनि जाने उनले सुनाए । गाउँपालिकाको सेवा सञ्चालन गर्नको लागि उपाध्यक्ष सुनिता कुमारी उराँवलाई कार्यवाहक अध्यक्ष दिएको उनले बताए ।