close

तारकेश्वरले हटायो कवाडी, अप्रत्याशित निर्णयले व्यवसायीको बिचल्ली

‘सूचना अवज्ञा गरी अटेर गरेको पाइएमा संरचना भत्काउँदा लाग्ने खर्च र क्षतिपुर्ति स्वयं जग्गाधनी तथा कवाडी व्यवसायीलाई नै ब्यहोराईनेछ ।’

तारकेश्वरले हटायो कवाडी, अप्रत्याशित निर्णयले व्यवसायीको बिचल्ली

‘सूचना अवज्ञा गरी अटेर गरेको पाइएमा संरचना भत्काउँदा लाग्ने खर्च र क्षतिपुर्ति स्वयं जग्गाधनी तथा कवाडी व्यवसायीलाई नै ब्यहोराईनेछ ।’

Trulli
ADVERTISEMENT

काठमाडौं— तारकेश्वर नगरपालिका वडा नं. ९ अब कवाडी मुक्त हुने भएको छ । वडा अध्यक्ष श्याम कृष्ण महर्जनले ३५ दिनभित्र कवाडी नहटाइए डोजर लगाएर भत्काईदिने भएका छन् । सो क्रममा लागेको सम्पूर्ण खर्च समेत असुलउपर गरिने वडा अध्यक्ष महर्जनले जानकारी गराएका छन् । 

कवाडी संकलन, भण्डारण र ओसारपसार गर्दा वडावासीलाई नकारात्मक असर पारेको वडा अध्यक्ष महर्जनको बुझाई छ । उनले कवाडी पूर्ण रुपमा प्रतिबन्ध लगाएपनि सो वडाबाट निस्किने कवाडीको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौतीका बारेमा भने वडा अध्यक्ष अस्पष्ट देखिन्छन् । 

वडा अध्यक्ष महर्जनले सूचना प्रकाशित गर्दै भनेका छन्, ‘सूचना अवज्ञा गरी अटेर गरेको पाइएमा संरचना भत्काउँदा लाग्ने खर्च र क्षतिपुर्ति स्वयं जग्गाधनी तथा कवाडी व्यवसायीलाई नै ब्यहोराईनेछ ।’