close

ओझालाई 'गजल सारथि' सम्मान

ओझालाई 'गजल सारथि' सम्मान

Trulli
ADVERTISEMENT

सर्लाही । लाललबन्दी नगर वाङ्मय परिषद्ले 'गजल सारथि' सम्मानबाट गजलकार घनेन्द्र ओझालाई सम्मानित गरेको छ ।

भाषा, कला र साहित्यको संरक्षणमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै परिषद्ले ओझालाई उक्त सम्मानबाट सम्मानित गरेको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गरेका हुन् । 
परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गरेका थिए। पौडेलले घनेन्द्रका हालसम्म विभिन्न विधा र सिद्दान्त र समालोचनाका कृतिहरू प्रकाशन भएका बताए। 

विगत २ दशकदेखि नेपाली गजल विकास, विस्तार र परिष्कारमा साहित्यकार ओझा नेपाली गजल लेखन, समालोचना र प्रशिक्षणमा बराबर सक्रिय रहेका उल्लेख गर्दै नेपाली गजल परिष्कार अभियानमा अडिग र अविचलित क्रियाशीलताका लागि परिषद्ले उनलाई सम्मान गरेको आयोजकले जनाएको छ ।